काठमाडौं- नेपालभर ४७ जनामा हैजाको संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)ले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा हैजा संक्रमितको संख्या ४७ पुगेको हो।
इडिसीडीका अनुसार ललितपुरमा हैजाका सबैभन्दा बढी संक्रमित फेला परेका छन्। ललितपुरमा ३४ र कैलालीमा ८ जनामा हैजा पुष्टि भएको छ।
यसैगरी काठमाडौँमा २ तथा प्युठानमा २ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी रुपन्देहीमा पनि १ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हैजा रोकथामका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताए। यसका लागि मन्त्रालयले समन्वय गरिरहेको उनको भनाइ छ।