काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने बताएका छन्।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्। साथै उनले सातै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार गर्ने बताएका छन्।
अहिले बागमती र लुम्बिनीमा मात्रै क्यान्सर उपचार सेवा संचालनमा रहेकोमा त्यसलाई सातै प्रदेशमा लैजाने उनको भनाइ छ।