काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विद्यालय नर्स कार्यक्रमलाई विस्तार गर्दै निजी विद्यालयमा समेत लागू गरिने बताएका छन्।
आइतबार मन्त्रालयमा कार्ययोजना र प्राथमिकताका विषय सार्वजनिक गर्दै उनले १४ किशोरीहरुलाई निशुल्क एचपीभी खोप दिइने, गरिब तथा दुर्घटनामा परेकाको उपचारका लागि आकस्मिक उपचार कोष स्थापना गरिने बताएका हुन्।
मन्त्री पौडेलले एम्बुलेन्स सेवालाई सुलभ र सहज बनाउन राष्ट्रिय एम्बुलेन्स सेवालाई प्रभावकारी बनाइने पनि बताएका छन्। स्वास्थ्य स्वयसेवकको भूमिका प्रभावकारी बनाउने, शिक्षक तथा स्थानीय स्तरका कर्मचारीलाई निजामती अस्पतालमा सेवा दिनका लागि पहल गरिने उनले बताए।
तथ्यमा आधारित स्वास्थ्य नीति बनाइने, निजी अस्पतालमा विपन्न नागरिकहरुलाई १० प्रतिशत बेड छुट्याउने व्यवस्थालाई थप कडाईं गरिने उनले बताए।