विराटनगर– विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको छ।
आईसीयूमा बिरामी भने नरहेको र आईसीयू खाली रहेका बेला आगलागी भएको अस्पतालका निरज श्रेस्ठले बताए।
खाली रहेको आईसीयूमा आगलागी भएको देखेपछि अस्पतालको अन्य वार्डका बिरामी र कुरुवाहरु भने त्रसित बनेका छन्।
आगोलागी नियन्त्रणको प्रयास भइरहेको छ। अस्पतालमा बिजुली सर्ट भएर आगोलागि भएको हुन सक्ने प्रहरीले जनाएको छ।