काठमाडौ- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धाकर्तामा फार्मेसीबिज्ञ नसमेटेको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको छ। नेपाल फर्मास्यूटिकल एसोसिएसनको परिषद् पुगेर ध्यानाकर्षण पत्र बुझाएको छ।
केही दिनअघि मात्रै स्वीकृत वार्षिक कार्यक्रम अनुसार आ. व. २०८१1/०८२मा सञ्चालन गरिने विभिन्न अनुसन्धान परियोजना/ कार्यक्रमको लागि करार जनशक्ति माग गरिएको थियो।
प्रकाशित करार सेवा सम्बन्धि विज्ञापनमा पब्लिक हेल्थ, मेडिसिन, नर्सिङका विज्ञहरुलाई समावेश गरिएको तर फार्मेसी क्षेत्रको विज्ञहरुलाई समावेश नगरेकोमा आफ्नो ध्यानाकर्ण भएको नेपाल फर्मास्यूटिकल एसोसिएसनका महासचिव सञ्जिव शर्मा कट्टेलले बताएका छन्।