काठमाडौं- कक्षा १२ को नतिजामा एनजी आएका विद्यार्थीको फारम दस्तुर चिकित्सा शिक्षा आयोगले फिर्ता गर्ने भएको छ। तोकिएको न्यूनतम शैक्षिक योग्यता पुरा नगरेका आवेदकहरुको परीक्षा दस्तुर फिर्ता गर्ने निर्णय आयोगले गरेको हो।
आयोगले बुधबार सूचना जारी गर्दै १ भदौदेखि ५ गतेसम्म सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन दिएकाहरुको तोकिएको न्यूनतम शैक्षिक योग्यता पुरा नगरेका आवेदकहरुको परीक्षा दस्तुर फिर्ता गर्ने निर्णय भएको जनाएको छ।
आयोगले कक्षा १२ का विद्यार्थीलाई नतिजा नआएपनि स्नातक तहको एकीकृत प्रवेश परीक्षाको लागि आवेदन दिन सक्ने व्यवस्था गरेको थियो।