काठमाडौं- उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको ब्रेन ट्युमरका कारण निधन भएको छ।
ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ।
उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द हुने भएको छ।