काठमाडौं- भन्सारको विभागका महानिर्देशक सहसचिव ढुण्डीप्रसाद निरौला स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरुवा भएका छन्। भन्सार विभागमा रहेका उनलाई मन्त्रालयमा पठाइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत सहसचिव बिनोद बहादुर कुँवर प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्। उनी प्रधानमन्त्रीको निजी सचिवका रुपमा काम गर्नेगरी सरुवा भएको बुझिएको छ।
सरकारले बिहिबार ५९ सहसचिवको सरुवा गरेको थियो। उक्त सरुवमा स्वास्थ्य मन्त्रालयका सहसचिव समेत फेरबदल गरिएका हुन्।