काठमाडौं- कैलालीस्थित गेटा अस्पतालमा इन्डोर सेवा सुरु भएको छ। अस्पतालमा शुक्रबारबाट इन्डोर सेवाको सुरुवात गरिएको अस्पतालका निर्देशक डा विप्लव सापकोटाले जानकारी दिए।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनपछि गेटा अस्पतालले इन्डोर सेवा सुरु गरेको हो। इन्डोर सेवामा महिला र पुरुषका लागि छुट्टाछुट्टै वार्ड व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
स्वास्थ्यमन्त्री पौडेलले आफ्नो कार्ययोजना सार्वजनिक गर्ने क्रममा गेटा अस्पतालमा इन्डोर सेवा सुरु गर्ने उल्लेख गरेका थिए। साथै अस्पतालले प्रयोगशाला र फार्मेसी सेवा २४ सै घण्टा प्रदान गर्ने भएको छ।
गेटा अस्पतालले जनरल ओपिडी, हाडजोर्नी तथा नशा रोग ओपिडी, स्त्रीरोग सेवा, जनरल सर्जरी, अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला लगायतका सेवा प्रदान गर्दै आइरहेको छ।
गति लिँदै गेटा अस्पताल