मनाङ - मनाङ अस्पतालले भदो १ गतेदेखि लागू हुने गरी ओपिडी सेवा विस्तार गरेको छ। अब अस्पतालमा बिहान ८ बजे देखि साँझ ६ बजेसम्म ओपिडी सेवा पाइनेछ।
शनिबार र सार्वजनिक बिदाको दिन बिहानको १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा पाइनेछ। यो सेवा विस्तारको समयमा सेवा लिन आउँदा अस्पतालको व्यवस्थापन समितिले तोकेको ओपिडी शुल्क बाहेक अन्य कुनै थप शुल्क नलाग्ने अस्पतालले जनाएको छ।