काठमाडौं- भक्तपुरको लोकन्थलीमा रहेको एक्युट मेड्केयर प्रालीले नेपालमै पहिलोपटक सखी ओभुलेसन टेस्ट किट बजारमा ल्याएको छ।
उक्त किटको प्रयोग गरी १४ वर्षदेखि ५० वर्षसम्मका महिलाहरुले घरमै बसेर प्रजनन् क्षमताको परीक्षण गर्न सक्ने एक्युट मेडिकेयरकी सिइओ प्रियंका भण्डारीले बताइन्। 'यस किटले ओभुलेसन अघि २४-३६ घन्टा पहिले नै एलएचको बृद्धि पहिचान गर्छ,' उनले भनिन्, 'जसको सहयोगले गर्भ बस्ने सबैभन्दा बढी सम्भावित दिनहरुको जानकारी पाउन सकिन्छ।'
पछिल्लो समय निसन्तानको समस्या बढ्दै गएको अवस्थामा आफूमा रहेको ओभुलन क्षमताको परीक्षण गरी उपयुक्त समयमा सन्तान जन्माउन चाहनेहरुका लागि यो किट प्रभावकारी हुने उनको भनाइ छ। उक्त किट खरिदका लागि ९ सय रुपैयाँ लागत रहेको उनले बताइन्।
त्यस्तै कम्पनीले अरु भन्दा चाँडै नतिजा दिन सक्ने सखी प्रेग्नेन्सी टेष्ट किट पनि बजारमा ल्याएको छ । यसअघि कम्पनीको सखी एफएसएच र फेट्रिओके गरी दुई उत्पादन मात्रै बजारमा बिक्रीवितरण गर्दै आएको थियो। अबदेखि उक्त कम्पनीको ४ उत्पादन बजारमा आउने भएका हुन्।