काठमाडौं- वाथ तथा अटोइम्युन रोग स्क्रिनिङका लागि नेपालमा भ्यालिडिटेड ‘आईएफए’ प्रविधिको शुरुवात भएको छ।
हालसम्म नेपालका ३० भन्दा बढी ल्याबहरुले उक्त प्रविधिको प्रयोग गरिसकेका छन् जसले अटोइम्युन रोग स्क्रिनिङका लागि विदेश पठाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ। यो अटोइम्युन रोग पहिचानका लागि गोल्ड स्टैण्डर्ड स्क्रिनिङ प्रविधि हो। नेपालमा नै पहिलोपटक टेक्नोवायोमेड यस प्रविधि भित्र्याएको हो।
टेक्नोवायोमेड प्रा.लि.का अध्यक्ष महेन्द्र बडुवालका अनुसार विश्वमा अटोइम्युन मात्र डायग्नोसिस गर्ने प्रविधि उत्पादन गर्ने गोल्र्ड स्टैण्डर्ड ३ वटा कम्पनिमध्ये अमेरिकाको वेरफेन इनोभा डायग्नोष्टिक एक हो। टेक्नोवायोमेडले सो कम्पनिको प्रविधि नेपालमा पहिलोपटक ल्याएको हो।
'विगतमा केही कम्पनिहरुले थायराइड, भिटामिन डी लगायत हर्मोन जाँच्ने क्लिया विधिबाट अटोइम्युन रोगको परीक्षण गर्दै आएको र त्यसबाट नतिजा सही नै आउनेमा ढुक्क हुने अवस्था थिएन, आगामी दिनमा यस्तो अवस्थाको अन्त्य भएको छ',अध्यक्ष बडुवालले भने।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, नेशनल रिफरेन्स ल्याबोरेटोरी, नेशनल प्याथ ल्याव, मेडिसिटी, ग्रान्डी, काठमाडौं प्याथ ल्याव, रिलायवल डायग्नोष्टिक ल्यावका प्याथोलोजिष्टहरुलाई उक्त कम्पनीले यो नयाँ प्रविधि तथा यसको प्रयोगबारेको वर्कशप समेत दिइसकेको अध्यक्ष बडुवालले बताए।