काठमाडौं- चौतारी हेल्थकेयर सर्भिसेज र नेपलिज सोसाइटी फर प्राइमरी केयरले जेष्ठ नागरिकको निःशुल्क सुगर परीक्षणको लागि समझदारी गरेका छन्।
जेष्ठ नागरिकको लागि साझेदारी भन्ने नाराका साथ गरिएको उक्त समझदारी बमोजिम नेपलिज सोसाइटी फर प्राइमरी केयरले जेष्ठ नागरिकको नसर्ने रोगको परामर्श र सुगर जाच निःशुल्क गर्ने छ।
उक्त निःशुल्क सेवा हालका लागि प्रत्येक सोमबार विराटनगर ३ बन कार्यालय स्थित चौतारी हेल्थ केयर सर्भिसेजमा पलब्ध हुने चौतारी हेल्थ केयरका डा तुलाराम यादवले जानकारी दिए।
पछिको समय नेपालमा सुगर ,प्रेशर र क्यान्सर रोग बढेको छ। एनएसपीसी संस्थाले क्यान्सर रोकथाम तथा नसर्ने रोगमा काम गर्दै आएको छ। कोशी प्रदेश र मधेश प्रदेशमा विभिन्न स्वास्थ्य कार्यक्रम उक्त संस्थाले चलाउँदै आएको छ।