कोलकाता- भारतको कोलकातास्थित आरजी कर मेडिकल कलेजमा विशेषज्ञता हासिल गरिरहेकी एक महिला चिकित्सकको बलात्कारपछि हत्या भएको पोस्टपार्टमाबाट पुस्टि भएको छ। उनको शरीरका विभिन्न १४ ठाउँमा चोट देखिएको छ।
रिपोर्टका अनुसार उनको हत्या भने घाँटी थिचेर गरिएको पाइएको छ। शरीरका विभिन्न ठाउँमा चोट देखिएपनि कुनैपनि फ्याक्चर भने नभेटिएको बताइएको छ। उनको टाउको, दुबै गाला, नाक, चिउडो, बायाँ हाथ र यौनांगमा चोट दखिएको छ। फोक्सोमा समेत रक्तश्राव पाइएको छ।
रिपोर्टका अनुसार उनको यौनांगमा देखिएको चोट उनको मृत्यु भन्दा पहिलो रहेको बताइएको छ। जबर्जस्ति करणी भएको प्रशस्त पाइएका छन्। ती सवै नमूना संकलन गरी ल्याबमा फठाइएको छ।
सहकर्मी चिकित्सकको बर्बरता पूर्ण हत्याको बिरोधमा भारतीय रेजिडेन्ट डाक्टर १० दिनदेखि आन्दोलनमा छन्। सोमबार नयाँदिल्लीस्थित केन्द्रीय स्वास्थ्य मन्त्रालय अगाडीको सडकमा उपचार सेवा दिने उनीहरुको कार्यक्रम रहेको छ।