काठमाडौं- पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा थप प्रतिष्ठित चिकित्सक आबद्ध भएका छन्। प्राडा विमलकुमार पाण्डे र उनको टिम ख्यातिप्राप्त हाडजोर्नी र स्पाइन सर्जन हुन्, जसले अत्याधुनिक हाडजोर्नी र ट्रमा शल्यक्रिया, जोर्नी प्रतिस्थापन, स्पाइन सर्जरी, आर्थोस्कोपी र खेलकुद चोट व्यवस्थापन सेवा प्रदान गर्नेछन्।
डा सुरेश श्रेष्ठ, कन्सल्टेन्ट क्लिनिकल र रेडिएसन अंकोलोजिस्ट हुन् भने डा रोहन झा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा एक दशकभन्दा बढीको क्लिनिकल र प्रशासनिक अनुभवी मेडिकल एडमिनिस्ट्रेटर हुन्।
कन्सल्टेन्ट न्युरोलोजिस्ट डा निरज गौतम आन्तरिक चिकित्सामा एमडी र न्युरोलोजीमा डिएम हुन्, जसले पूरा न्युरो चिकित्सा सेवासहित एक्युट इस्केमिक स्ट्रोकमा थ्रोम्बोलिसिस प्रदान गर्नेछन्।
कन्सल्टेन्ट पेडियाट्रिक एनेस्थेसिया र क्रिटिकल केयर विशेषज्ञ डा सुदीप केसी, आन्तरिक चिकित्सा विशेषज्ञ डा प्रभात रिजाल, बाल हाडजोर्नी विशेषज्ञ डा रूपेश वोड, सामान्य चिकित्सक र आपत्कालीन चिकित्सा विशेषज्ञ डा दीपेश केसी, डा मिलन थापा, नर्सिङ निर्देशक विमला श्रेष्ठ र डेन्टल सर्जन डा. काजल ठाकुर रहेको हस्पिटलका जनसम्पर्क विभाग प्रमुख रवि खड्काले जानकारी दिए।
सो अवसरमा क्लिनिकल प्रेसिडेन्ट डा योगेश न्यौपानेले सबैलाई स्वागत गर्दै अस्पतालमा निःशुल्क आपत्कालीन एम्बुलेन्स सेवाको घोषणासमेत गरेका छन्।