काठमाडौं- त्रिभुवन विश्वविद्यालय सेवा आयोगले चार वर्षअघि खुलाएको विज्ञापनको अहिले परीक्षा संचालन गरिरहेको छ। आयोगले विभिन्न विषयका लागि ४ वर्षअघि विज्ञापन गरेको थियो।
आयोगले २०७७ फाल्गुन ९ गते र २०७८ आषाढ १५ गते प्रकाशित विभिन्न विज्ञापनहरुमध्ये खुल्ला प्रतियोगिता अन्तर्गत उपप्राध्यापक पदको विशेष कारणवश स्थगित लिखित परीक्षा यही भदो ५ गते देखि संचालन गरिरहेको छ।
आयोगले चिकित्सा शास्त्र अध्ययन संस्थानसँग सम्बन्धित क्लिनिकल फिजीयोलोजी, अर्थोपेडिक्स, जनरल सर्जरी, पञ्चकर्म लगाएतका ३९ वटा चिकित्सा क्षेत्रका विषयमा उपप्रध्यापकका लागि चार वर्ष पहिले विज्ञापन खुलाएको थियो। तर हालसम्म परीक्षा भने हुन सकेको थिएन।
चिकित्सा शास्त्र अध्ययन संस्थानका कर्मचारीहरुले चार वर्षपछि परीक्षा लिएको भन्दै त्रिवि सेवा आयोगको आलोचना गरिरहेका छन्।
हेरौं सेवा आयोगको परीक्षा सम्बन्धी सूचना