काठमाडौं- स्याङ्जाको गल्याङ नगरपालिका अन्तर्गत श्री जगत्रदेवी स्वास्थ्य चौकीमा कार्यरत सिअहेव हिमा डुम्रे न्यौपानेको एसएलसीको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको भन्ने उजुरीमा अनुसन्धान हुँदा श्री जगत्रदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिका, स्याङ्जामा सि.अ.हे.ब. अधिकृत छैठौं पदमा कार्यरत हिमा डुम्रे न्यौपानेले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट हाइस्कुल तहको झुट्टा शैक्षिक प्रमाण-पत्र पेश गरी श्री करापु उपस्वास्थ्य चौकी, लमजुङमा ग्रामीण स्वास्थ्य कार्यकर्ता दोस्रो तह, रा.प.अनं. तृतीय (प्राविधिक) श्रेणीमा स्थायी नियुक्त भई श्री जगत्रदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिका, स्याङ्जामा सि.अ.हे.ब. अधिकृत छैठौं पदसम्म कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।