काठमाडौं- रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं १० धवाङका ३ र वडा नं २ का १ जनामा हैजा पुष्टि भएको छ। एउटा वडाका तीन जनामा हैजा पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालयका निर्देशक राजेशकुमार गुप्ताले जानकारी दिए।
लुम्बिनी प्रदेशमा पर्ने प्युठानमा २ जनामा यसअघि हैजा पुष्टि भएको थियो। यसअघि ललितपुरमा ४७ जना, काठमाडौँमा ९, कैलालीमा ८, मकवानपुरमा एकमा गरी ६७ जनामा हैजा पुष्टि भएको थियो।
हैजा पुष्टि भएका अधिकांस निको भइसकेका छन्।