त्रिवेणी (रुकुमपश्चिम)- रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ बेतखोलाका मिर्गौलापीडित २६ वर्षीय टोपबहादुर बोहरालाई रु एक लाख ६१ हजार सहयोग गरिएको छ।
सहयोगबापत सङ्कलन भएको उक्त रकम मिर्गौलापीडित बोहराका बुवा ठानबहादुर बोहरा र आमा शर्मिला बोहरालाई हस्तान्तरण गरिएको छ। त्रिवेणी–२ का ‘हाम्रो युवा समाज’मा आवद्ध व्यक्तिहरुबाट सङ्कलित ५३ हजार र अन्य व्यक्तिबाट सङ्कलन भएको एक लाख ७ हजार ओली दम्पतीलाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष शक्तिकिरण विसीले जानकारी दिए।
केही समयअघि दुबै मिर्गौलाले काम गर्न छाडेपछि बोहराको उपचारका लागि रकम सङ्कलन अभियान सञ्चालन गरिएको थियो। सो रकमबाट पीडितलाई सहयोग पुग्ने अध्यक्ष विसीले बताए। बोहराको विगत चार महिनादेखि काठमाडाँैस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। रासस