काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका निकायमा रिक्त रहेका विवरण माग गरेको छ।
'लोक सेवा आयोगको स्वीकृत बार्षिक तालिका अनुसार यस मन्त्रालय र अन्तर्गत रिक्त पदहरुमा स्थायी पदपूर्ति गर्ने प्रयोजनको लागि माग आकृति फाराम भरी आयोगमा पठाउनुपर्ने भएकोले कार्यालय र अन्तर्गत रिक्त रहेका नेपाल स्वास्थ्य सेवाको नवौं र एघारौं तहको विभिन्न समूह / उपसमूह र पदहरूको विवरण यथाशिघ्र उपलब्ध गराउन अनुरोध छ' मन्त्रालयले एक सूचना मार्फत भनेको छ।