काठमाडौं- चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन भएको छ। चिकित्सा शिक्षा आयोगले शुक्रबार नतिजा सार्वजनिक गरेको हो।
चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको मिति २०८१/०५/१४ गतेको संयुक्त बैठकको निर्णयवाट योग्यताक्रमअनुसार प्रकाशन गरिएको हो । परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत प्रकाशित नतिजा हेर्न सक्ने गरी व्यवस्था मिलाइएको बताइएको छ । न्यूनतम शैक्षिक योग्यता हासिल नगरेका तथा उत्तरपुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेदवारका उत्तरपुस्तिकाहरू रद्द गरिएको छ ।
शैक्षिक सत्र २०८१/०८२ मा चिकित्सा शिक्षा स्नातक तह भर्नाका लागि विद्यार्थी छनौट गर्न मिति २०८१ भदौ १ गते परीक्षा सञ्चालन गरिएको थियो। एकीकृत प्रवेश परीक्षामा सम्मिलित उम्मेदवारहरूमध्ये योग्यताक्रमका आधारमा भर्ना पाउनेछन्।
समूहगत योग्यताक्रम, पुनर्योग, प्राथमिकताक्रम निर्धारण तथा म्याचिङसम्बन्धी सूचना आयोगको वेवसाइटमा पछि प्रकाशन गरिने बताइएको छ ।
नतिजा यसप्रकार छ :