ललितपुर- हरिसिद्धीस्थित क्यान्सर अस्पतालको दोस्रो तलाबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ। उनको उपचारको क्रममा मृत्यु भएको हो।
थाइराइड क्यान्सरको उपचार गराइरहेकी काठमाडौं महानगरपालिका वडा नम्बर ८ कि ६४ वर्षीया पुनमाया तामाङ शनिबार अस्पतालको ‘ए’ ब्लकको दोस्रो तलाबाट हामफालेकी थिइन्। उनको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनी साउन २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन्।