काठमाडौं– स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीलाई स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाई (एचइओसी)को पनि जिम्मेवारी दिइएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै डा बुढाथोकीलाई एचइओसीको जिम्मेवारी दिइएको हो।
डा बुडाथोकीले एचइओसीमा आफुले जिम्मेवारी सम्हालिसकेको बताए। उनी कारागार अस्पतालको निर्देशक पनि हुन्।