काठमाडौं- ललितपुरस्थित होटल हिमालयमा सूर्तिजन्य पदार्थ उत्पादक सूर्य नेपालको प्रायोजनमा काठमाडौं कलिङ लिटरेरी फेस्टिबललाई कारबाहीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पत्र पठाएको छ।
ललितपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कारबाहीका लागि पत्र पठाएको हो। मन्त्रालय अन्तर्गतको स्वास्थ्य करकोषका सदस्य सचिव गोपीकृष्ण रेग्मीले पठाएको पत्रमा कानुनविपरित कार्य भइरहेकाले रोक्नका लागि पहल गर्न भनिएको छ।
कानुनअनुसार सूर्तिजन्य पदार्थ उत्पादकले यस्ता कार्यक्रममा प्रायोजन गर्न पाइँदैन । मन्त्रालयले लेखेको पत्रमा सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ को दफा १० मा सूर्तिजन्य पदार्थको उत्पादक लगायत कसैले पनि बिज्ञापन तथा प्रयायोजन गर्न नपाइने व्यवस्था गरेको उल्लेख गरेको छ।
दफा १२ मा उत्पादक वा व्यवस्थापकले यस ऐन बमोजिम गर्नुपर्ने कुराहरु पुरा नगरेको सम्बन्धमा निरीक्षण गर्ने कामको लागि नेपाल सरकारले कुनै अधिकृत कर्मचारीलाई निरीक्षकको रुपमा तोक्ने कानुनी व्यवस्था बमोजिम नेपाल सरकारले मिति २०७४/१०/१० मा प्रत्येक जिल्लाको हकमा सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको हकमा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतलाई निरीक्षक तोक्ने भन्ने निर्णय गरेकोतर्फ पनि ध्यानाकर्षण गराइएको छ।
दफा १५ मा निरीक्षकले मुद्धाको अनुसन्धान तहकिकात गर्ने, दफा १७ ले सजायको व्यवस्था गरेको र दफा २७ मा यस ऐन अन्तर्गतको मुद्दाको कारबाही र किनारा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले गर्ने भनिएको छ। उक्त व्यवस्थाअनुसार आवश्यक कारबाही गर्न भनिएको हो।
कलिङ साहित्य सम्मेलनमा सुर्तिजन्य पदार्थको प्रबर्द्धन गरिएकोमा सरोकारवालाको आपत्ति
साहित्य सम्मेलनमा कानुन विपरित सुर्तिजन्य पदार्थ उत्पादकको प्रायोजन, निरीह नियामक निकाय