काठमाडौं- राष्ट्रिय निजामति सेवा दिवसका अवसरमा दुई स्वास्थ्यकर्मी पनि पुरस्कृत हुने भएका छन्।
संघीय संसद् सचिवालयमा सिअहेब छैटौंमा कार्यरत डा पुष्प रिजाल र धरमपानी स्वास्थ्य चौकी प्युठानमा कार्यरत सिअनमी राममाया गुरुङ पुरस्कृत हुने भएमा हुन्।
२१ औँ निजामती सेवा दिवसको अवसरमा ४० जना कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्ने भएको छ। वर्षभरिको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा पुरस्कृत गर्न लागिएको बताइएको छ।