काठमाडौं- कोरोना बीमा रकम भुक्तानी माग गर्दै संघीय सरकारविरुद्द सर्वोच्च अदालतमा रिट दायर भएको छ।
यसअघिको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै आइतबार रिट दायर गरेको हो।
रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ। संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ।
बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ। सरकारसँग भएको सम्झौता र कोरोना बीमा मापदण्ड अनुसार उक्त दायित्व सरकारले ब्यहोर्नुपर्ने भए पनि भुक्तानी नभएको भन्दै सरकारविरुद्ध रिट दायर गरिएको संघले जनाएको छ।