काठमाडौं- एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको छ।
अस्पतालका प्रमुख एवम् वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा प्रमोद लामिछानेले भरतपुर–१० का ५६ वर्षीय रामसुन्दर जोशीको बायाँ हातको कुहिनोको जोर्नी प्रत्यारोपण गरिएको बताए।
डा लामिछाने, अस्पतालका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा अनिल भट्टराईसहितको टोलीले जोर्नी प्रत्यारोपण गरेको हो।
विगत १३ वर्षदेखि हाडजोर्नीको उपचारलाई केन्द्रमा राखेर सञ्चालनमा आएको अस्पतालले हालसम्म गरेको जोर्नी प्रत्यारोपणको अनुभवको आधारमा कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको डा भट्टराईले जानकारी दिए।