काठमाडौं- प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल मा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
एक समारोहकाबिच ब्लु क्रस हस्पिटल प्रा.लि. का तर्फबाट रजत श्रेष्ठ र प्रभु बैंक लि.का तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले समझदारीपत्र मा हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ब्लु क्रस हस्पिटल प्रा.लि मा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ओपिडी टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा ५∞ देखि १२∞ सम्म छुट प्राप्त गर्न सक्नेछन्। छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सक्नेछन्।
ब्लु क्रस हस्पिटल प्रा.लि.ले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचारदेखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आइरहेको छ।