काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहत रहेको जग्गाको खोजी गर्न थालेको छ। सबै विभाग, केन्द्र, अस्पताल र प्रयोगशालालाई पत्राचार गर्दै मन्त्रालयले विवरण १५ दिनभित्र पठाउन पत्राचार गरेको छ।
ती जग्गाको संरक्षण तथा उचित व्यवस्थापनका लागि प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरेर काम थालेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले विभिन्न निकायका नाममा रहेका जग्गाको विवरण, उपयोगको अवस्था समेतका विवरण १५ दिनभित्र पठाउन पत्राचार गरेको छ।
जग्गा अतिक्रमण वा अन्य कुनै तरिकाले दुरुपयोग भएको थाहा भएमा मोवाईल नम्बर ९८५१२६४५५५ वा मन्त्रालयको इमेल ठेगाना [email protected] मा पठाई सहयोग गर्न अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।