सुनसरी जिल्लामा धरान उपमहानगरपालिका नेपालको १५ औं र कोशी प्रदेशको तेश्रो अत्यधिक जनघनत्व भएको शिक्षा, स्वास्थ, पर्यटन, ब्यापारिक पूर्वाधार, बहुसांस्कृतीक आवासीय शहर हो। धरान विशेष गरि मिश्रित जनसमुदायको बसोबास भएको शहरको रूपमा रहेको छ। यहाँको प्रमुख बासिन्दाको रूपमा राई, लिम्बु, बाहुन, क्षेत्री, नेवार, तामाङ, गुरुङ र मधेसी समुदायको मिश्रित जनसमूह भएको र सोही अनुसारको मिश्रित संस्कृती छ। रितिरिवाज र धर्मका अनुयायी भएको अत्यन्तै सुन्दर, स्वक्छ र रमणीय पूर्वको शहरको चिनारी पाएको धरान एक परिचित ठाउँ हो। यो शहर तराईको समतल भुमि समुन्द्री सतहदेखि ११९ मि.फिट देखि १७७८ मि उच्च पहाडी भुभागसम्म फैलिएर रहेको छ।
यस धरानको आधुनिक विकासको इतिहास हेर्ने हो भने बि.स.२०१० सालमा पुर्वान्चल विकास क्षेत्रको लागि ब्रिटीश गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भएपछि मुख्य रुपमा धरानमा बसोवास तथा चहलपहल बढेको पाइन्छ। बि.स.२०१७ सालमा धरान नगरपालिका घोषित भएको धरान २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा बिभाजन गर्दा कोशी अञ्चलको सदरमुकाम समेत घोषित भएको प्रसिद्धि प्राप्त एउटा धार्मिक स्थल एव एतिहासिक भुमि हो। २०७१ साल मंसिर १६ गते नेपाल सरकार (मन्त्रीपरिषद)को निर्णय अनुसार बिष्णुपदुका गा.बि.स.लाई धरान नगरपालिकामा गाभेर २७ वडा कायम गरि धरान नगरपालिका उपमहानगरपालिका घोषित गरिएको हो र पछि संघीय पुनर्समरचना आयोगको निर्णय अनुसार बर्तमान धरान फेरि २० वटा वडामा पुर्नसमरचना भएको हो।
धरानको बिगत स्वास्थ्य सेवाको अवस्था
बि,स,२०१० सालमा ब्रिटिश गोर्खा भर्ती केन्द्र स्थापनासँगै घोपा अस्पताल गोर्खा शैनिक,तिनीहरुको परिवारजनको स्वास्थ उपचारका लागि वृटिश सरकारको सहयोगमा स्थापना भएको देखिन्छ भने तत्कालीन नेपाल श्री ५ को सरकारले आम नागरिकहरुको लागि छाता चौकमा धरान अस्पतालको स्थापना गरि सार्बजनिक स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको देखिन्छ। बि.स.२०४५ भदौको ५ गते आएको बिनाशकरी भुकम्पले धरानलाई क्षत बिक्षत बनाई अत्यधिक भौतिक तथा मानवीय क्षति पुर्याएकोले धरानको हरेक क्षेत्रले अत्यन्तै पीडाको महशुस गरि रहेको र सो पिडाबाट बिस्तारै धरानको बासिन्दा बाहिर निस्कन खोजी रहेको बेला २०४७ सालमा ब्रिटेनको सरकारले धरानमा रहेको आफ्नो सबै सेवाहरु बन्द गर्ने घोषणा गरेको, त्यससँगै धरानका बासिन्दामा एउटा थप पिडा सहनुपर्ने स्थितिको सृजना भयो। यता भन्ने धरान अस्पतालले भुकम्पबाट घाइतेभएको हरुको उपचारको साथै आफ्नो नियमितरूपमा सबै स्वास्थ्यका सेवाहरु निरन्तर रुपमा दिई रहेको पाइन्छ।
बि.स.२०४८ सालमा स्वास्थ्य मन्त्रालयले ब्रिटेनको सरकारले प्रयोग गरेको सबै भौतिक सम्पत्तिलाई आफ्नो मातहतमा लिई सो घोपा अस्पताललाई पुर्वान्चल क्षेत्रीयस्तरको अस्पतालमा रूपान्तर गरि स्वास्थ्यको सबै सेवाहरुको सुरुवात गरिएकोले धरान बासीमा थोरै भयेपनी राहतको महशुस भैरहेको थियो। बि.स.२०५० सालमा नेपाल सरकार तथा भारत सरकारको बीच समझौता भइ सोही पुर्वान्चल क्षेत्रीय /घोपा अस्पतालमै बि,पि कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान खोल्ने निर्णय संगै सो को स्थापना पनि भयो। यस खबरले धरान बासी मात्रै नभएर सम्पूर्ण पुर्वान्चल बासीहरुमा खुशीको लहर फैलिएको अवस्था सृजना भयो। यस पछी धरानमा भएको आर्थिक मन्दी कम भइ धरान छाडि अनयत्र बसाई सर्ने स्थितिको समाधान भएको महशुस भयो।
बि. पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान स्थापना संगै आफ्नो सेवाको शुरूवात बाट नै छाता चौक स्थित पुरानो धरान अस्पतालबाट पनि स्थानीयलाई निशुल्क स्वास्थ्य उपचारका सेवालाई निरंतरता दिई रहेको देखिन्छ र सो सेवा पछि गएर बिस्तारै दिई रहेको स्वास्थ्य सेवालाई बिना कुनै कारण जनता वा जनसरोकारमा कुनै पुर्व सूचना बेगर गैर जिम्मेवारीपूर्वक बन्द गरेको तथा त्यहाँ कार्यरत रहेको सम्पूर्ण कर्मचारीलाई फिर्ता लगेको देखिन्छ। तर पुरानो धरान अस्पतालको सम्पूर्ण सम्पत्ति जुन धराने जनताको धरोहर, नाशोको रुपमा रहेको अचल सम्पत्ति १७ कठठा भन्दा बढी जग्गा माथी आफ्नो एकधिकार कायम गरेको जुन धराने जनताको इक्छा आकन्क्षा माथीको बज्रपात भएको अनुभुति गरेको देखिन्छ। त्यसको सम्बन्धमा यहाँको जिम्मेवार धरान उपमहानगरपालिका, राजनैतिक दल, अधिकारकर्मी वा अन्य कुनै पनि निकायले पनि यस गलत, गैर जिम्मेवारी कामकारबाहीमा आफ्नो असहमतिका शब्द कतै बाट पनि आएको देखिएन।
त्यसपछि सुनसरी जिल्ला स्वास्थ्य कार्यालयले नगरपालिका सङ्ग समन्वय गरि धरान अस्पतालको पुरानो डटस सेन्टरमा धरान हेल्थ पोस्ट र प्रसुती गृह (जुन जगन्नाथ डेढराज मातृसेवा सदन, प्रसुती गृह बिराटनगरको एउटा मारवाडि परिवारको सहयोगमा बि.स.२०२६ मा निर्माणकार्य सप्पन्न गरि बि.स.२०२९मा श्री ५ बडा महारानी बाट समउदघाटन सम्पन्न भइ बिस.२०४५ को भुकम्पले क्षति भएको भवन) लाई मर्मत सम्भार गरि निशुल्क आमासुरक्षा कार्यक्रम अन्तर्गतका सबै सेवहरु र निशुल्क प्रसुती गृहको शुभारम्भ तत्कालीन स्वास्थ्य मन्त्री राजेन्द्र महतो बाट सम्पन्न भै नियमितरूपमा सन्चालनमा रहेको अवस्था बिधमानमा पनि रहि रहेको छ।
बर्तमान स्वास्थ्य सेवाको वैधानिक ब्यवस्था
यसैबीचमा देशमा राजनैतिक परिवर्तन भै नेपालको संविधान २०७२ जारी भै नेपाल एउटा संघीय लोकतान्त्रिक गणतन्त्र देश घोषणा भयो। नेपालको संविधान २०७२ को धारा ३५ मा प्रत्येक नागरिकलाई राज्य बाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आक्स्मिक (emergency) स्वास्थ्य सेवा बाट बन्चित गरिने छैन भनी स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको छ। त्यसतै राष्ट्रिय स्वास्थ्य निति अनुसार आधारभूत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउने राज्यको दायित्व हो। संघीय कानुनले तोके बमोजिमको आधारभूत स्वास्थ्य सेवाहरु स्थानीय सरकारले प्रवाह गर्नुपर्छ। राष्ट्रिय स्वास्थ्य निति २०७६ को बुदा न,६.५ मा स्वास्थ्यमा सर्बब्यापी पहुँच (universal health coverage) को अवधारणा अनुरुप प्रवर्द्धनात्मक, प्रतीकारात्मक, उपचारात्मक, पुर्नस्थापनात्मक तथा प्रशामक स्वास्थ्य सेवालाई एकीकृत रूपमा विकास तथा बिस्तार गरिनेछ भनी उल्लेख गरिएको छ।
दिगो विकास लक्ष्य र समबृद्धि
१.प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने तथा कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चपत नगरिने हक
२.प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक
३.बालबालिकाको स्वास्थ्य सम्बन्धी हक
४.राज्यका नितिहरुमा स्वास्थ्यमा राज्यको लगानीमा वृद्धि गर्दै गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज,सुलभ र समान पहुँच सुनिश्चित गर्ने।
दिगो विकास लक्ष्य सन् २०३०
१.मातृमृत्यु दर घटाउने
२.शिशु मृत्यु दर घटाउने
३.बाल मृत्यु दर घटाउने
४. एचआइभी,क्षयरोग, औलो र पानी जन्य रोगहरुको निवारण गर्ने
५. नसर्ने रोगहरु(१/३ कम गर्ने लक्ष
६. ५ वर्ष मुनीका बालबालिकाको कम तौलहरु घटाउने र
७. प्रजनन उमेरका महिलाहरूमा देखिएको रक्तअल्पता कम गर्ने।
उपरोक्त दिगो विकास लक्ष र नागरिकको समृद्धि प्राप्तिका लागि राष्ट्रिय स्वास्थ्य निति २०७६ले आधारभूत स्वास्थ्य सेवाको अवधारणालाई अंगिकार गरि लागू गरेको हो।
आधारभूत स्वास्थ्य सेवाको अवधारणा
१. आधारभूत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउने राज्यको दायित्व हो(नेपालको संविधान २०७२)
२. संघीय कानुनले तोके बमोजिम आधारभूत स्वास्थ्य सेवाहरु स्थानिय सरकारले प्रवाह गर्नु पर्छ।
३. स्थानीय सरकारले आफ्नो आवश्यकता र श्रोतको आधारमा आधारभूत स्वास्थ्य सेवाहरु अझै बिस्तार गर्दै लैजान सक्छ।
यस आधारभूत स्वास्थ्य सेवाले जनताको अधिकांस स्वास्थ्य समस्याहरु समाधान गर्न, रोगको भार कम गरि उपचारात्मक सेवाको माग कम गर्न ,कम लगानीमा अधिक प्रतिफल हासिल गर्न र स्वास्थ्यमा सर्बब्यापी पहुँच बढाउने उत्तम उपाय हो।
आधारभूत स्वास्थ्य सेवा अन्तर्गत जम्मा ३१वटा सेवाहरु पर्छन्।
१. बहिरंग सेवा (OPD)
२. अन्तरङ्ग सेव(अस्पताल )
३. प्रयोगशाला - यस बाट १० प्रकारका सेवाहरु प्राप्त हुन्छ।
४. निशुल्क औषधि
५. स्वास्थ्य शिविर संचालन
६. स्वास्थ्य अभियान
७. महिला स्वास्थ्य स्वयम् सेविका
८. गाउँघर क्लिनिक संचालन।
उप्ररोक्त आधारभूत स्वास्थ्य सेवाको संचालन बाट सरुवा रोगको नियन्त्रण ,नसर्ने रोगको नियन्त्रण तथा मानसिक रोगको निदान र ब्यावस्थापन गर्न ठुलो तेवा पुग्नेछ।यसको अतिरिक्त सामाजिक स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्दै प्रवर्द्धनत्मक,प्रतिकारात्मक, उपचारात्मक,पुनःस्थापना तथा प्रशामक सेवाहरुलाई प्रभावकारी रूपमा जनतालाई हरेक क्षेत्रहरूमा स्वास्थ्य सेवाको सहज सुलभ र समान र पहुँचको सुनिश्चितता प्रदान गर्न मद्दत गर्द्छ।
हालको स्वास्थ्य सेवाको स्थिति र सुधारको लागि केही सुझाव
हाल धरान उपमहानगरपालिकाको जनसंख्या झन्डै दुई लाख पचास हजार जति हुनुपर्ने विभिन्न तथ्यांकअनुसार अनुमान गर्न सकिन्छ। किनभने उपमहानगरपालिकाभित्र यहाँको स्थायी बसोबास गर्ने अतिरिक्त पनि विभिन्न पेशाका ब्यक्तिहरु एवं परिवारजन बसोबास गरि बस्ने भएकोले हामीले स्वास्थ्यका कार्यक्रम निर्धारण गर्दा यी नागरिकको उपस्थितिलाई ध्यान मा राखेर नै स्वास्थ्यका भावी स्वास्थ्य निति तथा कार्यक्रम तय गर्दा पछि कार्यावन्यन गर्न सहज हुन्छ। अहिलेसम्म उपमहानगरपालिका भित्र हेल्थ पोस्ट ३ वटा, आयुर्वेद औषधालय १ वटा ,प्रसुती गृह -१ वटा ,आधारभूत स्वा,सेवा केन्द्र १२ र सामुदायिक स्वास्थ्य ईकाइ -१ ले स्वास्थ्य सेवा दिइरहेको देखिन्छ। जुन अत्यन्तै न्यून हो, साथै स्वास्थ्य सेवाको उचित विकास, स्तर उन्नतिकालागि केन्द्रिय, प्रादेशिक र जिल्लाका जिम्मेवार निकायहरु सँगको सहयोग , समन्वय र सहकार्यको अभ्यासलाई निरंतरता दिनुपर्नेमा सो सहयोग ,समन्वय र सहकर्यको अपेक्षा गरिन्छ।
जनसंख्याको अनुपात र भौगोलिक स्थानको अवस्थालाई समेत ध्यान दिएर हेर्दा आधारभूत स्वास्थ्य सेवाको सहज सुलभ र समान पहुँचको सुनिस्चित्ता गर्न र दिगो विकास लक्ष २०३० समेत हासिल गर्न यस उपमहानगरपालिका भित्र कम्तीमा १ वटा अस्पताल, ४-५ वटा प्राथमिक स्वास्थ्यकेन्द्र (४०-५०हजार जनसंख्याको आधारमा), र १४-१५ वटा हेपो। सबै वडाहरुमा कमतिमा १वटा स्वास्थ्य संस्था अनिवार्य रुपले हुने गरि स्वास्थ्य सेवाको ईकाइ स्थापना गरि तिनीहरु बाट सबै प्रकारको स्वास्थ्य सेवा प्रवाह गर्ने ब्यावस्थाको सुनिश्चितता हुँदा मात्रै दिगो विकासको लक्ष हासिल गर्न सकिन्छ।