काठमाडौं– अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको महाधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले राहुल रेग्मीलाई अध्यक्षमा निर्बिरोध चयन गरेको छ।
महाधिवेशनले निवर्तमान अध्यक्षमा अजय सत्याल (अमेरिका), उपाध्यक्षमा निरञ्जन पौडेल (क्यानडा) र डा मनिता राजकर्णिकार (नेपाल), महासचिवमा उत्तम अधिकारी (नेपाल), सचिवमा तेज कटुवाल (कतार), कोषाध्यक्षमा सुनिल राज श्रेष्ठ (युएई) र सञ्चार संयोजकमा रामराज ओली (न्यूजिल्याण्ड) चयन भएका छन्।
केन्द्रिय सदस्यहरु केदार तिमिल्सिना (अमेरिका), मञ्जु कर्माचार्य (युके), सुरेश गौतम (क्यानडा), रामजी खत्री (कतार), शिवराम भण्डारी (फ्रान्स), रुपेन्द्र विक्रम हमाल (कुवेत), राजन काफ्ले (आयरल्याण्ड), दिपक श्रेष्ठ (ओमान), नवराज बस्नेत (नेपाल), कमान सिंह खत्री (सेशेल्स), नबिन गौतम (अस्ट्रेलिया), वीरेन्द्र श्रेष्ठ (स्पेन), सोमेस अर्याल (नाइजेरिया), बर्षा क्षेत्री (युगान्डा), नागेन्द्र जोशी (भारत), चन्दन भण्डारी(पोर्चुगल), भीमसेन थापा (दक्षिण कोरिया), जगन अधिकारी (यूएई), विकास सुवेदी (घाना), ज्योत्स्ना उपाध्याय (अमेरिका) र शेरब नामग्याल लामा गुरुङ (डेनमार्क) रहेको २९ सदस्यीय नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ।
स्टार अस्पतालका अध्यक्ष किशोर कुमार महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व अर्थ सचिब सुमन शर्मा, पूर्व सचिब धरा सापकोटा, केन्द्रिय रक्तसंचार सेवाका निर्देशक पवन कुमार गुप्ता, ब्लोदानका अध्यक्ष राजेश श्रेष्ठ, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष तथा नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेम सागर कर्माचार्य लगायतको बाक्लो उपस्थिति रहेको थियो।