काठमाडौं- चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिनका लागि १३ जनाको आवेदन परेको छ। आवेदन दिनेमा बहालवाला डिन, सहायक डिनदेखि त्रिवि शिक्षण अस्पताल निर्देशक र पूर्व निर्देशकसम्म छन् ।
डिनका लागि प्रा.डा. अभिमन्यु झा, प्रा.डा. मोहनराज शर्मा, प्रा.डा. निरजु रञ्जित, प्रा.डा. रामचन्द्र अधिकारी र प्रा.डा. रमेशसिंह भण्डारी, प्रा.डा. दिनेश काफ्ले आवेदन दिएका छन्।
यसैगरी प्रा.डा. उत्तमकृष्ण श्रेष्ठ, प्रा.डा. मिथा राना र सहप्राध्यापक डा. ज्योतिबाबा श्रेष्ठको पनि डिन बन्नका लागि आवेदन परेको छ।
यस्तै प्रा.डा. संगरत्न बज्राचार्य, प्रा.डा. रत्नमणि गजुरेल, प्रा.डा. दिव्यासिंह शाह र प्रा.डा. सुधा बस्नेतले पनि डिन पदका लागि आवेदन दिएका सिफारसि समिति स्रोतले जनाएको छ।