काठमाडौं- तत्कालीन पोखरा महानगरपालिका, वडा नं. ३२ स्थित शहरी स्वास्थ्य केन्द्र, मालेपाटनमा अहेव पदमा कार्यरत शोभा उप्रेतीविरुद्द शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर भएको छ।
पोखरा महानगरपालिका, वडा नं. ३२ स्थित शहरी स्वास्थ्य केन्द्र, मालेपाटनमा २०६८ सालदेखि करारमा कार्यरत अहेव शोभा उप्रेतीको एसएलसीको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली भएको भन्ने उजुरी अनुसन्धान हुँदा उप्रेतीले झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी अहेवमा नियुक्ति लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय माग गर्दै विशेष अदालतमा आरोप-पत्र दायर गरेको छ।