काठमाडौं- नेपाल दन्त चिकित्सा अनुसन्धान संघमा नयाँ कार्यसमिति चयन भएको छ। संघको तेस्रो अधिवेशनले प्राडा सुरजभक्त माथेमाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
तेस्रो अधिवेशन कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा भएको थियो।
अधिवेशनले उपाध्यक्षमा प्राडा दशरथ काफ्ले, सचिवमा डा दीलिप प्रजापति, उपसचिवमा डा सिजन पौडेल, कोषाध्यक्षमा प्राडा सुनन्दा सुन्दास र उप-कोषाध्यक्षमा प्राडा दीपशिखा बज्राचार्य चयन गरेको छ।
यसैगरी, कार्यसमिति सदस्यहरुमा डा रेजिना श्रेष्ठ, डा सिर्जना दाहाल, डा अर्जुनहरि रिजाल र डा प्रदीप भण्डारी चयन भएका छन्।