काठमाडौं- रौतहटको राजपुर नगरपालिकामा १२ जनामा झाडापखाला पोजेटिभ देखिएको छ।
कल्चर प्रविधिबाट १६ जनामा गरिएको परीक्षणका १२ मा भिब्रियो कोलेरो पोजेटिभ आएको जनस्वास्थ्य निरीक्षक मिजानुर रहमानले स्वास्थ्यखबरलाई जानकारी दिए।
गत बिहीबार राजपुर नगरपालिका वडा नम्बर ३ र ४ मा झाडापखाला लागेका ७ जना बिरामीको आरडिटी प्रविधिबाट नमुना परीक्षण गर्दा ६ जनामा पोजेटिभ आएको थियो।
झाडापाखालाका ३८ जना बिरामीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा भर्ना गरिएको थियो। आरडिटी भरपर्दो नभएका कारण नमुनाको थप परीक्षणका लागि जनकपुरधाम शुक्रबार पठाइएको थियो। जसको रिपोर्ट आज आएको उनले बताए।
हाल भर्ना भएका ४ बिरामीमा ‘डिहाइड्रेसन’को समस्या देखिएको उनले जानकारी दिए।