काठमाडौं- नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीहरु माग गरेको छ। कलेजले एक सूचना प्रकाशित गरि प्राध्यापक, चिकित्सक, नर्स र अस्पतालसँग सम्बन्धित कर्मचारीहरु माग गरेको हो।
अत्तरखेल, काठमाडौंमा अवस्थित कलेजले कार्डियोलोजी, न्यूरोलोजी, ग्याष्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजीका विषयहरुमा एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरेको छ । यस्तै कलेजले दन्त विभाग, नर्सिङ विभाग, बायोकेमेष्ट्रीमा समेत स्वास्थ्यकर्मी माग गरेको छ। कलेजको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन विशेषज्ञ जनशक्ति माग गरिएको हो।
यसैगरी, लेखा नियन्त्रक, क्लिनिकल फर्मासिष्ट, बायोमेडिकल इन्जिनियर, मेडिकल रेकर्ड अफिसर, इलेक्ट्रिकल अफिसर, डेन्टल सर्जन समेत माग गरेको छ। इच्छुक उम्मेदवारले इमेल मार्फत आफ्नो व्यक्तिगत बायोडाटा पठाएर अन्तरवार्तामा सहभागी हुन पाउने छन्। असोज १५ गतेभित्र आवेदन दिइसक्नुपर्ने भनिएको छ।
हेर्नुहोस् सूचना