सुर्खेत- कर्णाली प्रदेश अस्पताल सुर्खेतमा एक सुत्केरीको मृत्युको विषयलाई लिएर आफन्तले विरोध जनाएका छन्।
सुत्केरी ब्यथा लागेपछि आइतबार बेलुकी प्रदेश अस्पतालमा भर्ना भएकी वीरेन्द्रनगर नगरपालिका–६ कि १९ वर्षीया शर्मिला सुनारको सोमबार बिहान पौने ३ बजे मृत्यु भएको थियो। अस्पतालले उनलाई रक्तस्राव बढी भएको र आईसीयूमा राखेर उपचार गरिको थियो।
आफन्तहरूले भने सुत्केरी व्यथा लागेपछि सामान्य अवस्थामै अस्पतालमा भर्ना गरिए पनि चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्। मृत्युपछि शर्मिलाका आफन्तहरू अस्पताल परिसरमा प्रदर्शन गरेका छन्।