दाङ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शशाङ्क कोइरालाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासमा सबैले सहयोग गर्नुपर्ने बताएका छन्। प्रतिष्ठानको अवलोकन गर्र्दै डा कोइरालाले अस्पतालको सेवा बिस्तार गरेर स्थानीयको स्वास्थ्यमा थप सेवा पुर्याउनुपर्ने बताएका हुन्।
उनले प्रतिष्ठानको अस्पताल सेवासहित भौतिक पूर्वाधार विकासमा पूर्ण रूपमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाए। कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, कृष्णकिशोर घिमिरे, कांग्रेस दाङ जिल्ला सभापति शङ्करप्रसाद डाँगी लगायतले अस्पतालको अवलोकन गरेका थिए।
सो अवसरमा कोइरालाले अस्पतालको सेवा बिस्तारले जनताको स्वास्थ्य सेवामा पहुँच बिस्तार हुने बताउदै प्रतिष्ठानको अस्पताल सेवासहित भौतिक पुर्बाधार बिकासमा पुर्णरुपमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए।