काठमाडौं- राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा बाढी बसेको छ । केन्द्रको भुइँतल्ला डुबानमा पर्दा करोडौंको क्षति भएको निर्देशक डा प्रज्वल श्रेष्ठले जानकारी दिएका छन्।
केन्द्रको अगाडि पार्किङमा रहेका गाडी डुबेका छन्। भुइँतल्लामा स्टोर गरिएका उपकरणहरु डुबेका छन्।
डा श्रेष्ठका अनुसार पाँचवटा एक्स रे मेसिन र धेरैवटा मोनिटर डुबेर बिग्रिएका छन् । अन्य क्षतिका विषयमा जानकारी लिने क्रम जारी छ।
अहिले डोजरले पर्खाल भत्काएर त्यहाँ जमेको पानीको निकास खोजिदैछ ।