राजविराज- सप्तरी जिल्लाका अग्नीसाइर कृष्णासवरन, विष्णुपुर, राजगढ गाउँपालिका तथा डाक्नेश्वोरी नगरपालिकाका २७ जना अगुवा किशोरीहरुलाइ “किशोर-किशोरी यौन तथा प्रजनन स्वास्थ्य र महिनावारीका स्वच्छता व्यवस्थापन सम्बन्धी १ दिने तालिम” राजविराजमा सम्पन्न भएको छ।
किशोरावस्था शारीरिक, मानसिक, भावनात्मक सामाजिक तथा यौनिक परिवर्तन तथा विकासका बारेमा तालिम दिइएको हो।यस्तो उमेरमा मन चञ्चल हुने, कुनैपनि कुराको निर्णय तुरुन्तै गर्ने बानी हुन्छ र यसरी लिने निर्णय एवं व्यवहारहरूले उनीहरूको भविष्यमा गहन असर पार्ने जोखिम धेरै हुन्छ।
किशोर-किशोरीहरुले दैनिक जीवनमा सामना गर्नुपर्ने चुनौतीहरु पनि धेरै हुन्छन्। उनीहरुका आवश्यकतालाई प्रभावकारी र सकारात्मक रूपमा समाधान गर्न सक्ने सीप र व्यवहारबारे जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो।
तालिमका सहभागीहरुलाई किशोरावस्थामा हुने परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्य, महिनावारीका बेलाको स्वच्छता व्यवस्थापन, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा बारेमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराएका थिए। तालिम पश्चात अगुवा किशोरीहरुले आ-आफ्नो स्थानबाट एकल रुपमा, साथी शिक्षकका रुपमा वा समूहमा यौन तथा प्रजनन स्वास्थ्य तथा मर्यादित महिनावारीको अधिकार प्राप्तिका लागि निरन्तर वहस तथा वकालत गर्ने प्रतिवद्धता सहित आगामी तिन महिनामा आ-आफनो पालिका अन्तर्गतको विधयालय तथा समुदाय स्तरमा यौन तथा प्रजनन स्वास्थ्य र महिनावारी स्वच्छता व्यवस्थापन सम्वन्धि गर्ने सकने क्रियाकलापहरुको कार्ययोजना समेत बनाएका छन्।