काठमाडौं- पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको छ।
सिन्धुलीका एसपी गोविन्दराज काफ्लेका अनुसार मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-४ घरभ भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेका छन्।
उनका अनुसार उनीहरू शुक्रबारदेखि नै सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जास्थित टुपी डाँडा भन्ने ठाउँमा एम्बुलेन्स अड्किएका थिए।
मृत्यु हुने बिरामीमध्ये सिंजाली मिर्गौलाको बिरामी रहेको पाइएको एसपी काफ्लेले बताए। भुजेललाई बा२१च ७५२३ नम्बरको र सिंजालीलाई ज१च १७०८ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं ल्याइँदै थियो।