काठमाडौं- मुटु दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सरोकारवालाहरुले मुटु स्वस्थ राख्ने नीतिमा जोड दिएका छन्। मुटु दिवसको अवसर पारेर एकर्ड फर्मास्युटिकल्स र स्वास्थ्यखबरले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै वीर अस्पतालका मुटुरोग विशेषज्ञ डा कुन्जाङ शेर्पाले आगी दुई वर्ष विश्वले नै मुटुमैत्री नीतिमा जोड दिन लागेको बताए। 'युज हट फर एक्सन' भन्ने स्लोगनका साथ प्रभावकारी नीति निर्माण र कार्यान्वयनमा जोड दिइएको उल्लेख गरेका हुन्। उनले भने, 'संसारले नै मुटुसँग सम्बन्धित नीति (निरोध, उपचार र निदान)लाई शशक्तिकरणका लागि आवाज उठाउले लक्ष्य लिएको छ । त्यसमा वाइईएस (एस) जोडिएको छ । जसको अर्थ सवै जुट्नु हो।'
कार्यक्रम युवा चिकित्सकसँग मुटुरोग बारे अन्तरक्रिया थिए। डा शेर्पाले मुटुरोगसँग सम्बन्धित विषयमा युवा चिकित्सकका अनुभव सुन्नुका साथै अवस्थाका बारेमा उनीहरुलाई बताएका थिए।
कार्यक्रममा काठमाडौंको आईओएमका चिकित्सकहरु डा गणेश चौधरी, डा प्रशन्न कार्की, डा आशिष पौडेल र डा प्रज्वल घिमिरेलगायतले आफ्नो अनुभव सुनाएका थिए। कार्यक्रमको संयोजना युवा चिकित्सक भुवन गिरीले गरेका थिए।