काठमाडौं- गृह मन्त्रालयले प्रहरी अस्पतालमा कार्यरत डा शिवानी सिंह वैशाख २ गतेदेखि सम्पर्कविहीन रहेको जनाएको छ। प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा सिंहलाई सम्पर्कविहिन हुनुको कारणसहित हाजिर हुन ताकेता गरेको छ
गोरखापत्र दैनिकमा सूचना निकाल्दै आफू खुसी बिदामा बसेको जनाएको छ। मन्त्रालयले सूचना निकालेर डा सिंहलाई सात दिनभित्र गैरहाजिर हुनुको कारणसहित सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ।
डा सिंहले २०८१ वैशाख २ गतेदेखि लागू हुने गरी ४ दिनको भैपरी आउने बिदा स्वीकृत गराएकी थिइन्ई । फेरि थप घर बिदा १४ दिन, पुनः थप घर बिदा ३० दिन र फेरि घर बिदा ३० दिन गरी कुल ७८ दिनसम्म लगातार बिदा बसी उक्त बिदा भुक्तान गरेकी थिइन्।
त्यसपछि २०८१ साउन ६ गते नेपाल प्रहरी अस्पतालमा हाजिर हुनुपर्नेमा उनी सम्पर्कविहिन बनेकी हुन्।