काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामहन्त्री धवलशमशेर राणाको भारतमा उपचार भइरहेको छ। गिजाको क्यान्सरको उपचारका लागि राणा भारतको मुम्बईस्थित पुण्यश्लोक अहिल्याबाई होल्कर, हेड एण्ड नेक क्यान्सर इन्स्टिच्युटमा पुगेका हुन्।
अस्पतालमा उनको क्यान्सर भएको स्थानमा शल्यक्रिया गरिएको छ। शल्यक्रिया सफल भएको राप्रपाका एक नेताले जानकारी दिए।
राणाको डा सुल्तान प्रधान नेतृत्वको टीमले शल्यक्रिया गरेको र अहिले अवस्था सामान्य रहेको पारिवारिक स्रोतलाई उदृत गर्दै राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए।
शल्यक्रियापछि अवस्था सुधारोन्मुख रहेको र केही दिन चिकित्सकीय निगरानीमा बस्नु पर्ने बताइएको छ।
अस्पतालबाट डिस्चार्ज भएपछि उनी नेपाल आउने तयारीमा छन्।