काठमाडौं- मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा उपचारका लागि जाने बिरामीले अनलाइन टिकट लिन सक्ने भएका छन्। अस्पतालमा आज बिहीबारदेखि अनलाइन टिकट सुरु भएको हो।
अस्पतालले अनलाइन टिकट लिन मिल्ने व्यवस्था गरेसंगै लाइन बस्न नपर्ने भएको छ।
प्रतिष्ठानका उपकुलपति डा प्रदीप ज्ञवालीले स्वास्थ्य जाँच तथा उपचारका लागि आउने बिरामीलाई लामो समय लाइनमा बस्नु पर्ने झण्झटबाट छुटकारा दिनका लागि अनलाइन टिकटिङ सेवा सुरु गरिएको जानकारी दिए।
उनका अनुसार बिरामीले ओपिडी जाँचका लागि अघिल्लो दिन राती १२ बजेभित्र नै टिकट लिई सक्नु पर्ने व्यवस्था रहेको भन्दै उपचारका लागि आउँदा बिना टोकन काउन्टरबाट कार्ड लिन सक्ने सुविधा रहेको छ।
अस्पतालमा यसअघि भदौ १६ देखि विस्तारित स्वास्थ्य सेवा (ईएचएस) लागू भएको छ।