काठमाडौं- सरकारले आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ। राष्ट्रिय पोषण कार्यक्रमअन्तरर्गत बालबालिकालाई औषधि खुवाउन लागिएको हो।
स्वास्थ्य सेवा विभाग पोषण शाखाका अनुसार ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ए र १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाउन लागिएको हो।
पोषण शाखा प्रमुख लिलाविक्रम थापाका अनुसार यसपटक २१ लाख बालबालिकालाई भिटामिन ए र १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइदै छ। १५ महिनासम्म लगाउनुपर्ने कुनैपनि नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन समेत सरकारले आग्रह गरेको छ।