काठमाडौं- गोकर्णेश्वर नगरपालिकाले नयाँ आधुनिक भवनवाट आफ्ना नागरिकताको उपचारको थालनी गरेको छ। नगरप्रमुख दिपककुमार रिसालले अस्पतालको नयाँ भवन विहिबार उद्घाटन गरेका छन्। नगरप्रमुख रिसाल र उपप्रमुख सान्नानी लामाले संयुक्त रूपमा उद्घघाटन गरेको भवनले सेवा दिन शुरु गरेको र आधुनिक सवै सेवा उपलव्ध गराउने मेयर रिसालले दावी गरे।
'यो नयाँ अस्पताल भवनले गोकर्णेश्वरका स्थानीय बासिन्दाको स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउनेछ। अस्पतालको स्वास्थ्य सेवा अझै गुणस्तरीय र सुलभ बनाउन हामी प्रतिबद्ध छौं,' मेयर रिसालले भने।
२०७६ असार १६ गते बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले गोकर्ण स्वास्थ्य चौकीलाई गोकर्ण प्राथमिक अस्पतालको रूपमा उद्घाटन गरेका थिए। त्यसै वर्षको नगर परिषद् बैठकले प्राथमिक अस्पताललाई १५ शय्याको नगर अस्पतालको रूपमा परिमार्जन गर्ने निर्णय गरेको थियो। उक्त नगरले केही समय अघि आधुनिक भवनपनि शिलान्यास गरेर निर्माण गरिरहेको छ।
उक्त भवन निर्माण हुनु अघि १५ शय्याको भवन सञ्चालनमा ल्याएको हो। देशभरी नै उत्कृष्ट स्वाथ्य सेवा दिएर चर्चामा आएको गोकर्णेश्वरले प्राथमिक स्वास्थ्य केन्द्रवाट नागरिकको उपचार शुरु गरेको थियो। यो सेवा विस्तारको क्रम चलिरहेको र आफ्नो कार्यकालको अन्तिमसम्म सर्वसुलभ रुपमा नागरिकलाई स्वास्थ्य उपचार गराउने मेयर रिसालले बताए। उनले सवै नागरवासीको बिमा कार्यक्रम सफलतापूर्वक अघि वढेकाले अवको दुई वर्षमा सवैलाई नि:शुल्क स्वास्थ्य सेवा दिने आफ्नो लक्ष्य पूरा हुने बताए।