अछाम- अत्याधिक रक्तश्राव पछि ज्यान गुमाएकी अछाम ढकारी गाँउपालिका वडा नं. ८ की सरिता जैशीका श्रीमानको आँखाको उपचार हुने भएको छ । दुबै आँखा देख्न नसक्ने सरिताका श्रीमान् टंक प्रसाद जैशीलाई उपचारका लागि काठमाडौं पुर्याइएको छ।
कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले आफ्नै पहलमा टंक प्रसादको उपचारका लागि काठमाडौं पुर्याएका छन्। नग प्रमुख ढकालले आफ्नै खर्चमा काठमाण्डौँ पुगाएको र उनको उपचारका लागि तिलगंगा आँखा अस्पताल काठमाडौं लगिने बताए।
आफ्नो गाँउठाँउको नागरिकको सेवाका लागि आफू जहिले पनि साथमा रहेको बताउँदै नगरप्रमुख ढकालले जैशीको उपचारमा समेत सबै सहयोग गर्ने बताए । नगरप्रमुख ढकालले यसअघि पनि सरिताका परिवारका लागि आर्थिक सहयोग समेत गरेका थिए। यद्यपी नगर प्रमुख ढकाल र टंकप्रसाद जैशीको पालिका भने फरक-फरक हो । जैशी ढकारी गाँउपालिकाको भएपनि अप्ठ्यारो परिस्थितीमा आफूले सहयोग गरेको नगर प्रमुख ढकालले बताए ।
सरिताको मृत्युपछि उनका श्रीमान्, छोरीछोरीका लागि देश बिदेश र बिभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटिरहेको छ।