भक्तपुर- रक्षा क्यान्सर केयर सोसाइटीले स्तन क्यान्सर सम्बन्धी सचेतना र्याली गरेको छ। स्तन क्यान्सर सचेतना महिनाको सन्दर्भमा आयोजित र्याली काठमाडौंको भृकुटीमण्डपबाट शुरु भई बसन्तपुर दरबार स्क्वायरमा कार्यक्रम गरि समापन भएको थियो।
र्यालीको उद्घाटन बवरिष्ठ हास्य कलाकार हरिवंश आचार्य र वरिष्ठ गायिका मिरा राणाले गरेका थिए।
र्यालीमा चिकित्सक, नर्स, क्यान्सर बिजेता,मोडेल, मिस नेपाल, गायक/गायिका राष्ट्रिय खेलाडि, कलाकार तथा विभिन्न संघ संस्थाका प्रतिनिधि गरि करिब ६०० भन्दा बढि सहभागि थिए।
हरेक बर्ष अक्टोबर महिनामा विश्वभर स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाइन्छ।
सोसाइटीले उक्त र्यालीमा सहभागीलाई मेमोग्राम अर्थात स्तन क्यान्सर परीक्षण नि:शुल्क गरेको छ।
कार्यक्रममा सोसाइटीका अध्यक्ष डा सृष्टि श्रेष्ठ प्रजापति, वरिष्ठ हास्य कलाकार हरिबवंश अचार्य, मिस नेपाल २०२३ श्रीच्छा प्रधान, नायिका नीति शाह, ईनर्ह्विल डिष्ट्रिक्ट ३५० का अध्यक्ष आशा श्रेष्ठ तथा नेपाल अर्बुद्ध रोग निवारण संस्थाका पूर्व अध्यक्ष दिवाकर राजकर्णिकारले स्तन क्यान्सर सचेतनाको महत्व बारे प्रकाश पारेका थिए।