काठमाडौं- नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बराललाई भारतमा सम्मान गरिएको छ। भारतको इन्डियन सोसाइटी अफ मेडिकल एन्ड पेडियाट्रियक अंकोलोजी (आइएसएमपिओ) ले डा बराललाई दिल्लीमा सम्मान गरेको हो।
डा बरालले क्यान्सर उपचारका क्षेत्रमा गरेको योगदानको कदर गर्दै भारतको क्यान्सर सम्बन्धी ठूलो संस्थाले सम्मान गरेको हो। आइएसएमपिओले आयोजना गरेको क्यान्सर कन्फ्रेन्समा नेपालका डा बराललाई अवार्डसहित सम्मान गरिएको हो।
डा बरालले अवार्ड र सम्मानले आफूलाई यस क्षेत्रमा काम गर्न थप हौसला प्रदान गरेको जानकारी दिए।
क्यान्सर रोग विशेषज्ञ डा बरालले नेपालका विभिन्न अस्पतालसहित देशका विभिन्न स्थानमा पुगेर बिरामीको सेवा गरिरहेका छन्।
भक्तपुर क्यान्सर अस्पतालका पूर्व निर्देशक समेत रहेका डा बरालले हजारौं क्यान्सरका बिरामीलाई नयाँ जीवन दिएका छन्।